विवाहका लागि यो उमेर सबैभन्दा उत्तम, थाहा पाउनुस् किन
२० वर्ष पार गरेपछि हरेक महिला/पुरुषलाई आफन्तले सोध्ने गर्दछन्, ‘विवाह कहिले गर्दै छौ ?’ तपाईंमध्ये धेरैले यस्तो प्रश्नको सामना पनि गर्नुभयो होला र विवाहका लागि परफेक्ट उमेर के हो भन्ने बारे पनि सोच्नुभएको होला । विवाह सम्बन्धि एक नयाँ अनुसन्धानमा यसको जवाफ दिइएको छ । अनुसन्धानका अनुसार विवाहका लागि २९ को उमेर सबैभन्दा उत्तम हो । आखिर २९ वर्षमा विवाह किन गर्नुका फाइदा बारे जानकारी लिऔं ।
विवाहको लागि तयारः
विशेषगरी महिलाका लागि करियर र विवाहको प्रश्न अझै महत्वपूर्ण हुन्छ । शानदार करियर बनाउने रहर सबैमा हुन्छ तर परिवारको पारम्परिक रुपमा एउटी महिलालाई नै सबै कुराको जिम्मेवारी दिइएको हुन्छ । यस्तो अवस्थामा जबसम्म उनीहरु मानसिक र शारिरिक रुपले पूर्ण रुपमा विवाहको लागि तयार हुँदैनन् तबसम्म उनीहरुले पूरा परिवारलाई सम्हाल्न सक्दैनन् । २९ वर्षमा महिला र पुरुष परिपक्क हुने भएकाले विवाहको लागि यो नै उत्तम वर्ष मानिन्छ ।
रुची, अरुचीः
यो उमेरसम्म तपाईं यो सोच्न सक्षम हुनुहुन्छ कि कुनै पुरुषको तपाईंलाई के मनपर्छ र के मनपर्दैन । तपाईं निकै सोचेर आफ्नो लागि सहि पुरुष छान्न सक्नुहुन्छ जसका कारण सम्बन्ध टुट्ने सम्भावना न्यून हुन्छ ।
शारिरिक रुपले तयारः
विवाह पछि जीवनमा विभिन्न परिवर्तन आउनेछन् । ती परिवर्तनका लागि तपाईं शारिरिक र मानसिक रुपले तयार हुनुपर्छ । एक सफल वैवाहिक जीवनका लागि यो कुरा पनि महत्वपूर्ण हुन्छ । २९ वर्ष यस्तो उमेर हो जहाँ तपाईंको शरिरले नयाँ परिवर्तन बहन गर्न सक्छ । तपाईं आमा बन्नका लागि पनि पूर्ण रुपमा तयार हुनुहुन्छ ।
आफ्नै घरः
अब महिला र पुरुषले २४ देखि २५ वर्षको उमेरमा काम पाउँछन् । २९ वर्ष हुँदासम्म उनीहरुले आफ्नो सानो वा ठूलो घर बनाउन सक्षम हुन्छन् अर्थात् यो उमेरमा उनीहरु आफ्नो गृहस्थी सुरु गर्न पूर्ण रुपमा तयार हुन्छन् ।
करियरः
करियरको सुरुवाती पाँच वर्ष निकै मेहनतको आवश्यकता पर्छ । यदि तपाईंले २४ वर्षमा जागिर पाउनुभयो भने कम्तिमा आफ्नो पाँच वर्ष आफ्नो जागिरलाई दिनुहोस् । २९ वर्ष हुँदा नहुँदै तपाईं अफिसको काममा सहज हुनुहुनेछ र तपाईं सजिलै आफ्नो परिवार सुरु गर्न सक्नहुन्छ ।
Rato Pati
No comments: