चिसो बढेपछि धनगढीमा आजबाट दाउरा वितरण गरिने
कैलाली, पुस २३ । केही दिनयता बाक्लो हुस्सु र शीतलहरका कारण अत्याधिक रुपमा चिसो बढेपछि धनगढी उप महानगरपालिकाकले नगरक्षेत्रमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने भएको छ ।
चिसोले जनजीवन प्रभावित भएकाले नगरवासीलाई राहत पुगोस भन्ने उदेश्यले शनिवार विहानदेखि नगर क्षेत्रका विभिन्न ठाउमा दाउरा वितरण गन लागेको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै जाडो मौसम सुरु भएसगै दाउराको कारोवार ५० प्रतिशतले बढेको छ । गर्मी मौसमको तुलनामा ५० प्रतिशत भन्दा दाउराको करोवार बढेको दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ ।
पुष महिनाको मध्यसम्म पारिलो घाम लागेको कैलालीमा बुधबारदेखि बाक्लो हुस्सु र शीतलहरका कारण बढेको चिसोका कारण जनजीवन नराम्रोसग प्रभावित भएको छ ।
चिसोका कारण मानिसहरु घरमै बस्न थालेपछि बजार क्षेत्रमा मानिसहरुको आवतजावत पनि पातलिएको छ भने दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरु समस्या परेका छन । यसैलाई मध्यनगजर गर्दै धनगढी उपमहानगरपालिकाले शनिवार विहानैदेखि नगरक्षेत्रका विभिन्न ठाउमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने जनाएको छ ।
यसैबीच बढ्दो चिसो र शितलहरुका कारण कैलालीमा पशु चौपाय बिरामी पर्न थालेका छन । केही दिन देखि बढेको चिसो र शितलहरका कारण पशु चौपाय विरामी पर्न थालेको जिल्ला पशु सेवा कार्यालय कैलाली जानकारी दिएको छ ।
जिल्ला पशु सेवा कार्यालय, जिल्लाका ५ वटा पशु सेवा केन्द्र र ९ वटा उपकेन्द्रमा अहिले दैनिक रुपमा १० देखि १५ पशु चौपायलाई उपचारको लागि कृषक ल्याउने गरेको पशु चिकित्सक केशवदत्त जोशीले जानकारी दिनुभयो । उहाँले पशुमा स्वासप्रश्वास, आउँमासी, दूध उत्पादनमा कमि, दुब्लाउदै जाने लगायत समस्या देखिने गरेको पशु चिकित्सक जोशीले जानकारी दिनुभयो ।
गाईभैंसीहरुमा चिसोका कारणबाट घाँस नखाने, छेर्ने, जस्ता लक्षण देखिएको छ । जिल्लाका केहि क्षेत्रमा चिसोले गाई, बाख्रा, गोरु, भैसीहरुमा पनि रोग लागेर मरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो। लगेर राख्ने भएकाले न्यानो बनाउन नसकेको कारण पनि पशु चौपाय विरामी हुने गरेको पशु चिकित्सक जोशीले जानकारी दिनुभयो । जाडोको समयमा गाईभैसीलाइ कसरी न्यानो पार्न सकीन्छ भन्ने ज्ञान नभएका कारणले पनि पशुहरु मर्ने गरेका छन् । हिउदको समयमा विहान बेलुकै सेताम्मे तुषारो खस्ने र घाम नलागे पछि दिँउसो पनि नपग्लने भएकाले पशुलाई कठिनाइ हुने गरेको छ ।
जाँडो मौसमा गोठमा पशुको न्यानोका लागि सोतरको प्रयोग गर्नुपर्ने जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक तथा सूचना अधिकारी मिनबहादुर थापाले कृषकहरुलाई आग्रह गर्नुभयो ।
No comments: