७ मुस्लिम देशका नागरिकमाथिको प्रतिबन्धपछि अमेरिका आउँदै गरेकाहरु एयरपोर्टबाटै पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका ७ मुसलमान बहुल देशका आप्रवासी तथा नागरिकहरुलाइ देश छिर्न प्रतिबन्ध लगाएपछि अमेरिका आउँदै गरेका त्यस्ता मानिसहरु अमेरिकाका बिभिन्न एयरपोर्टबाट धमाधम पक्राउ पर्न थालेको बीबीसीले जनाएको छ ।
यो कदमविरुद्ध न्यु योर्कको जोन एफ केनेडी विमानस्थलमा अमेरिकीहरुले प्रदर्शन गरेका छन् । ट्रम्पले भने यसलाई मुसलमानमाथिको प्रतिबन्ध होइन भनेर स्पस्टोक्ती दिएका छन् ।
विभिन्न अधिकारबादी समूहहरुले यसविरुद्ध कानुनी चुनौती दिएका छन् । ट्रम्पले शुक्रबार उग्रवादी इस्लामिक आतंककारीहरुलाई देशबाट बाहिर राख्ने एक अभियानको रुपमा ७ मुस्लिम बहुल देशहरु इराक, सिरिया, लिबिया, सुडान, सोमालिया, यमन तथा इरानका भ्रमणकर्ताहरुलाई कम्तिमा पनि तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक लगाएको थियो ।

साथै शरणार्थी प्रवेशलाई आगामी १२० दिन सम्मका लागि निलम्बन गरेको थियो । सिरियाली शरणार्थीलाई अर्को सूचना नआएसम्मका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
समाचारअनुसार पक्राउ परेकामा ट्रम्पले आदेश जारि गर्नु अघिनै अमेरिकाका लागि उडेकाहरु भएको बताइएको छ । न्यु योर्क विमानस्थलमा मात्र ११ जना पक्राउ परेको बताइएको छ । यसैबीच अमेरिका आउन लागेका ती सात देशका नागरिकलाई विभिन्न देशको बिमानस्थलबाट फर्काउन थालिएको छ । शनिबार इजिप्टको कायरो बिमानस्थलबाट न्यु योर्क जान लागेका पाँच इराकीहरुलाई बिमानस्थलबाट फर्काइएको थियो ।
समाचारअनुसार पक्राउ परेकामा ट्रम्पले आदेश जारि गर्नु अघिनै अमेरिकाका लागि उडेकाहरु भएको बताइएको छ । न्यु योर्क विमानस्थलमा मात्र ११ जना पक्राउ परेको बताइएको छ । यसैबीच अमेरिका आउन लागेका ती सात देशका नागरिकलाई विभिन्न देशको बिमानस्थलबाट फर्काउन थालिएको छ । शनिबार इजिप्टको कायरो बिमानस्थलबाट न्यु योर्क जान लागेका पाँच इराकीहरुलाई बिमानस्थलबाट फर्काइएको थियो ।
७ मुस्लिम देशका नागरिकमाथिको प्रतिबन्धपछि अमेरिका आउँदै गरेकाहरु एयरपोर्टबाटै पक्राउ
Reviewed by a
on
7:55 PM
Rating:
No comments: