राष्ट्रिय आमन्त्रण सकंटा रनिङ्ग शिल्ड तेक्वान्दाे हुने
सकंटा क्लबको आयोजनामा आगामी आइतबार र सोमबार राजधानीमा राष्ट्रिय आमन्त्रण सकंटा रनिङ्ग शिल्ड तेक्वान्दाे प्रतियाेगिता हुने भएकाे छ ।
संकटा क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय आमन्त्रण सकंटा रनिङ्ग शिल्ड तेक्वान्दाे प्रतियाेगीता माघ १४ र १५ गते हुने जानकारी दिएको हो । दुई दिने प्रतियोगितामा पाैचै विकास क्षेत्र, तीन विभागीय टोली र एक आयोजक गरी ९ टिमको सहभागीता रहेको छ ।
प्रतियाेगीता स्थानीय टेबहालमा आयोजना हुने संकटा क्लबका महासचिव रमेश बस्नेतले जानकारी दिए । मित्सुबिसु मोटर कम्पनीको नेपालको आधिकारीक बिक्रेता लियोन मोटर्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियाेगितामा पुरूष र महिलातर्फ समान ६-६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पुरूषतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७३ केजी र ७७ केजीमा प्रतिस्पर्धा हुँदा महिलातर्फ ४२ केजी, ४६ केजी,४९ केजी,५३ केजी,५७ केजी र ६२ केजीमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरूष र महिलागरी करिब १०० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल तेक्वान्दो सघंकाे प्राबिधिक सहयोगमा हुने प्रतियोगिताको बिजेता टिमले शिल्डसहित ३० हजार नगद पुरस्कार जित्नेछन् । त्यस्तै उपबिजेता टिमले २५ हजार र तेस्राे हुनेले १५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको लागि प्रायाेजक लियोन स्पाेर्टसले नगद ५ लाख प्रायाेजन गरीएकाे कम्पनिका सिईओ उपेन्द्र नापितले जानकारी दिए ।
राष्ट्रिय आमन्त्रण सकंटा रनिङ्ग शिल्ड तेक्वान्दाे हुने
Reviewed by a
on
1:15 AM
Rating:
No comments: