बिहानै एक गिलास नुनपानी पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदै-फाइदा !
स्वस्थ जीवन र निरोगी शरीर कसले चाहँदैन
र ! तर चाहेर मात्र स्वस्थ जीवन त पाईंदैन । यसको लागि
हामीले हाम्रो जीवनशैलीमा सुधार
ल्याउनुपर्छ । केही यस्ता सामान्य उपायहरु हुन्छन्, जसले हाम्रो
जीवनमा महत्वपूर्ण फाइदा दिन सक्छ ।
हरेक दिन बिहान उठेर कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर
पिउनुहोस् । यस्तो पानीलाई अंग्रेजीमा सोल वाटर भनिन्छ ।
नुनपानी पिउनाले ब्लड सुगर, मोटोपन र ब्लड प्रेसरजस्ता
बिरामीबाट मुक्ति मिल्छ । साथै यसले अन्य घातक बिरामीबाट
पनि तपाईंलाई बचाउँछ ।
यसको लागि केवल सफा पानीमा कालो नुन वा ढिके नुन मिलाए हुन्छ । तर
भान्छामा पाइने धूलो नुन नराख्नुहोस् । ८० प्रतिशतभन्दा बढी खनिज
कालो नुनमा हुन्छ जुन शरीरको लागि फाइदाजनक हुन्छ । आउनुहोस्,
यहाँ नुनपानी स्वास्थ्यको लागि कसरी फाइदाजनक हुन्छ,
यसबारे जानकारी लिऔं ।
कसरी बनाउने नुनपानी ?
१ गिलास मनतातो पानीमा एक सानो चम्चा कालो नुन मिलाउनुहोस् । अब यो
पानी पिउन लायक हुन्छ ।
नुनपानीको फाइदा
छालाका समस्याबाट मुक्ति
यसले छालासँग सम्बन्धित धेरै समस्याहरु न्यूनीकरण गर्दछ ।
डण्डीफोर, दाद जस्ता छालाका समस्याबाट टाढा राख्दछ ।
नुनपानीमा क्रामिया हुन्छ जसले छालाको समस्यासँग लड्छ ।
चुस्तदुरुस्त पाचन प्रणाली
नुनपानीले पाचन प्रणालीलाई ढिक राख्छ । यसले मुखको
¥याल निकाल्ने ग्रन्थीलाई सक्रिय बनाउन मद्दत गर्दछ । यसले
पेटभित्र प्राकृतिक लवण, हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउने इन्जायमलाई
उत्तेजित गराउन मद्दत गर्दछ । यसले गर्दा हामीले खाएको भोजन
टुक्रिएर सजिलै पच्दछ । यसको साथै इन्टेस्टाइनिल ट्र्याक्ट र कलेजोमा पनि
इन्जायम उत्तेजित गर्न मद्दत गर्दछ, जसले खाना पचाउन सजिलो हुन्छ ।
प्राकृतिक एन्टी–ब्याक्टेरियल
नुनपानीमा खनिजको मात्रा धेरै हुन्छ, यसले
एन्टीब्याक्टेरियलको काम गर्दछ । यसले शरीरको
खतरनाक ब्याक्टेरियालाई नष्ट गर्दछ र मानव स्वास्थ्य सुदृढ गराउँछ ।
हड्डी बलियो बनाउँछ
यसैगरी नुनपानीको अर्को फाइदा भनेको हड्डी
बलियो बनाउनु हो । हाम्रो शरीले हड्डीबाट खनिज र
क्याल्सियमको शोषण गर्दछ । यसले हड्डीलाई बिस्तारै कमजोर
बनाउँदै लान्छ । तर नुनपानीमा पाइने तत्वहरुले क्याल्सियमको
कमी हुन दिँदैन र हड्डी बलियो बन्दछ ।
निन्द्रा नलाग्ने समस्यामा
यसैगरी नुनपानी निन्द्रा नलाग्ने समस्याबाट समेत मुक्त
गराउँछ । निन्द्रा नलाग्ने समस्या अहिले आम बन्दै गइरहेको छ । यस्तो समस्या
भएमा हरेक दिन बिहान नुनपानी पिउनुपर्दछ । नुनले हाम्रो
शरीरको तन्तुहरुलाई आराम दिन्छ र खतरनाक हर्मोनहरु
एड्रनलाइन र कोर्टिसोललाई नुनले कमजोर बनाउँछ । यसले गर्दा रातमा शान्ति प्राप्त
हुन्छ र निद्रा लाग्छ ।
तौल घट्छ
जब शरीरमा पाचन प्रणाली चुस्त दुरुस्त हुन्छ, यसले
शरीरका हरेक कोशिकाहरुलाई आवश्यक पोषण तत्व पुर्याउँछ ।
यसले मोटोपन घटाउन मद्दत पुग्छ ।
कालो नुनपानी पिउनाले केवल स्वास्थ्य राम्रो हुने मात्र होइन,
अनुहारमा देखिने समस्यालाई पनि कमी गर्दछ । हरेक दिन बिहान
आफ्नो बानीमा अलिकति बदलाव ल्याउनुहोस्, एक गिलास मनतातो
नुनपानी पिउनुहोस् र स्वास्थ्य र शरीरमा चामत्कारित
परिवर्तनको महसुस गर्नुहोस् ।
स्रोत : ओन्लिआयुर्वेद डट कम
No comments: