मदिरा पिएर बाटोमा हिड्ँदै हुनुहुन्छ ? सर्पोले भेट्लान !
काठमाडौं ।
नाम : सुमन लामा
उपनाम : सर्पो
पेसा : पाकेटमार
उनी पहिला ललितपुर जिल्लामा चल्ने सार्वजनिक यातायातमा ‘राउन्ड’ लगाउँथे । हेर्दा पैसावाल जस्तो देखिए उनी पाकेटमार गरिहाल्थे ।
सार्वजनिक सवारीबाट ओर्लदाओर्लदै पनि उनले कैयौंको खल्तीबाट रकम निकाल्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
यो उनको पेशा नै रहेछ । यसबारेमा प्रहरीलाई थाहा भयो । उनी पाँच पटक पक्राउ पनि परे । पटक पटक प्रहरी कारवाहीमा परेका उनले बिस्तारै आफ्नो कार्यशैली परिवर्तन गरे ।
त्यसपछि उनी रेष्टुराँबाट रक्सी पिएर निस्केका ग्राहको पछि लाग्न थाले । एकान्तमा भेट्नासाथ लुटपाट गरिहाल्ने ।
धनकुटाका २० वर्षिया सुमन लामा अहिले छैटौंपटक पक्राउ परेका छन् । उनले माघ १० गते राति इमाडोल क्षेत्रमा मदिरा पिएर हिँड्दै गरेका रामहरी घिमिरेलाई कुटपिट गरेर उनको साथमा रहेको आइफोन र १० हजार रुपैयाँ नगद लुटेपछि प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी इश्वर कार्कीले बाहखरीसँग भने, “लामा पहिला पाकेटमार रहेछन्, पछि रक्सी पिएर हिँड्नेहरुको पछि लाग्न थालेछन् । अनुसन्धानका क्रममा उनले यसरी दर्जनौं व्यक्तिसँग रहेका सामान लुटिसकेका छन् ।”

Reviewed by a
on
1:43 AM
Rating:
No comments: