Top Ad unit 728 × 90

a
Ad Inside Post

मोबाइल बोक्दा ख्याल गर्नुस् , यस्तो समस्या आउला !

प्रायः मानिसले मोबाइल पाइन्टको खल्तीमा राख्ने गरिन्छ । तर यसरी खल्तीमा मोबाइल राख्दा त्यसको नकारात्मक प्रभाव के रहन्छ भने ज्ञान हुँदैन ।
हालै अस्ट्रेलियाको विश्वविद्यालयका गरिएको एक रिसर्चका अनुसार विशेषतः पुरुषले पाइन्टको खल्तीमा मोबाइल राख्दा मोबाइलको बिकिरणका कारण बीर्य निष्कासनमा असर हुन गई प्रजनन क्षमतामा नकारात्मक प्रभाव पार्ने तथ्य पत्ता लगाएका छन् ।
बिकिरणको प्रभाव अप्रत्यक्ष रूपमा पर्ने कारण खासै ख्याल नगर्ने भए पनि हालै पत्ता लगाएको उक्त तथ्यले पुरुषलाई खल्तीमा मोबाइल राख्ने बानी खतरनाक भएको देखिएको छ ।
तथ्यगत आधारमा डाक्टरहरूको २१ रिसर्च पेपरका आधारमा मोबाइलको बिकिरणको कारण पुरुषको प्रजनन क्षमता दीर्घकालीन असर पर्ने आधारहरू बाहिर आएका छन् । रिसर्चका आधारमा बिकिरणका कारण वीर्यमा असर पर्न गई डिएमएमा खराबी आउने देखिएको हो ।
शारीरिक क्रियाकलापमा बिकिरणको प्रभावमा मत बाझिएपनि मोबाइलको बिकिरणले शरीरमा पर्ने प्रभाव भने निश्चित छ । हुन त सामाजिक स्वास्थ्य अनुसन्धानकर्मीहरू मोबाइलको बिकिरणको प्रभाव शरीरमा पर्ने बारे खुलेर व्याख्या गर्न हिचकिचाउँछन् ।
तर न्यू क्याटलका अष्ट्रेलियन विश्व विद्यालय गरेको अध्ययनका अनुसार निम्न असरहरू पर्ने देखिन्छ। बाँझोपनमा समस्या ल्याउने चालिस प्रतिशत कारण मध्ये पुरुषले मोबाइल पाइन्टको खल्तीमा राख्ने कारण हुने अनुसन्धानबाट पत्ता लागेको छ ।
मोबाइल खल्तीमा राख्दा मोबाइलबाट रेडियो फ्रिक्वेन्सी इलेक्ट्रो म्याग्नेटिक बिकिरणका माध्यमबाट पुरुषको वीर्य निष्कासनमा प्रभावित हुने गर्छ । पुरुषको वीर्यको अटोमेटिक उत्पादन र विकासमा असर गरी आरओएस र डिएनए मा कमी आउने तथ्यमा छ ।
२७ वटा अनुसन्धानका विषयका आधारमा २१ वटा अनुसन्धानले मोबाइल बिकिरणले वीर्य उत्पादन क्षमता ह्रास हुने पत्ता लगाएको हो । करिब १५ सय मानिसमा गरिएको अनुसन्धानका क्रममा यो तथ्य पत्ता लागेको हो । तथ्यका आधारमा मोबाइल बिकिरणका कारण आठ प्रतिशत वीर्यको उत्पादनमा कमी आउने र नौ प्रतिशत नयाँ वीर्य विकासमा प्रभावित हुने देखिएको हो ।
यो तथ्य बाहिर आएसँगै मोबाइलको बिकिरणको नकारात्मक असरको बारेमा थप खतरनाक तथ्य बाहिर आएको छ । तर पनि कयौँ यस तथ्यलाई बेवास्ता गरेर मोबाइल खल्तीमा राखेर भविष्यमा हुने बाँझोपन हुने मान्न तयार छैनन् ।
अनुसन्धानकर्मी डा.मोस्कोविट्जका अनुसार पुरुषहरूलाई मोबाइल खल्तीमा राख्दा प्रजननमा खतरा आउने भन्दै त्यसो नगर्न सल्लाह दिन्छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०११ म गरिएको अनुसन्धानले मोबाइलको विकिरणका कारण क्यान्सरसम्मको खतरा हुने तथ्य पत्ता लगाएको थियो । लोकान्तरको सहयोगमा

मोबाइल बोक्दा ख्याल गर्नुस् , यस्तो समस्या आउला ! Reviewed by a on 9:37 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.