Top Ad unit 728 × 90

a
Ad Inside Post

स्वाइनफ्लुको औषधि बन्यो सतुवा

काठमाडौः वनस्पति विभागले नेपालको आर्थिक विकासको प्राथमिकतामा राखेको बहुमूल्य जडीबुटी सतुवा चीनले स्वाइनफ्लुको औषधिका रूपमा सफल प्रयोग गरेको छ । उच्चपहाडी क्षेत्रमा पाइने सतुवालाई चीनले स्वाइनफ्लुको औषधिमा प्रयोग गरेको वनस्पतिविद् लक्ष्मण झाले बताए ।
शरीरको तौल र उचाइ बढाउनका लागि चिनियाँ विज्ञहरूले प्रयोग गर्दै आएको सतुवालाई केही वर्षदेखि स्वाइनफ्लुको औषधिमा सफल प्रयोग गर्न थालेको झाले बताए । परापूर्वदेखि आदिवासीहरूले सतुवालाई कीरा मार्न र जुका मार्न बच्चालाई खुवाउने गरेको पाइन्छ । एक हजार ५ सयदेखि तीन हजार ५ सय उचाइमा पाइने बहुमूल्य जडीबुटी सतुवा चीन निर्यातसँगै माग बढेको र मूल्य पनि ह्वात्तै बढेको छ ।
केही वर्षअघिसम्म तीन सय रुपैयाँ किलोग्राममा बिक्री भए पनि हिजोआज प्रतिकिलोग्राम ११ हजारमा खरिदबिक्री हुने गरेको निर्यातकर्ता नुर्बु शेर्पाले बताए । सतुवा दुई प्रकारको हुने जानकारी उनले दिए । पहेंलो सतुवा पाँच हजार र सेतो सतुवा ११ हजारमा खरिद गरी निर्यात गर्दै आएको उनले बताए । उनका अनुसार गत वर्षको तुलनामा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
चीनको गोन्जाउ, हङकङ र सिंगापुरमा बढी माग भएकाले त्यसअनुसार पूर्ति गर्न नसकेको नुर्बु बताउँछन् । औषधिका रूपमा प्रयोग गर्ने गरेको जानकारी दिए पनि चीनले कुन औषधिमा प्रयोग गरेको भन्ने उनलाई जानकारी नभएको बताए ।
शरीरको तौल र उचाइ बढाउनका लागि चिनियाँ विज्ञहरूले प्रयोग गर्दै आएको सतुवालाई केही वर्षदेखि स्वाइनफ्लुको औषधिमा सफल प्रयोग गर्न थालेको छ ।
सतुवाको मागसँगै पहाडी क्षेत्रमा पूरै मासिने अवस्थामा पुगेको छ । माग र मूल्य बढेकाले सतुवाको व्यावसायिक खेतीसमेत सुरु गरेको छ । भोजपुर, संखुवासभा र दाङमा किसानले व्यावसायिक रूपमै खेती गर्दै आएका छन् । २० रोपनी जग्गामा सेतो सतुवा खेती विस्तार गरेको संखुवासभा मकालु सेदुवाका निमादोर्ची शेर्पाले बताए । सतुवालाई कोरियामा यौनशक्तिवद्र्धक जडीबुटी मानेर खान र महँगो रक्सी बनाउन प्रयोग गरेको झाले बताए ।
विभागले खेती प्रविधि अनुसन्धान कार्यका लागि १३ वटा जडीबुटीलाई प्राथमिकतामा राखेको छ । यसमा सतुवा पनि एक हो । सतुवा संकटमा परेको भन्दै वनस्पति विभागले काभ्रेपलाञ्चोकमा नर्सरी गरी बेर्ना उत्पादन गर्दै आएको वनस्पती विभागका सूचना अधिकारी सुधिता वासुकलाले बताइन् ।
वनस्पति उद्यान शाखा इलामको माईपोखरी र मकवानपुरमा बेर्ना उत्पादन गर्दै आएको जानकारी उनले दिइन् । नेपालको रैथाने जडीबुटी भए पनि देख्नासाथ उखेलिने भएकाले यो मासिने खतरा बढेको विभागको निष्कर्ष छ ।
सन् २०१६ सम्ममा नेपालमा रैथाने तीन सय २४ वटा फूल फुल्ने वनस्पति पत्ता लागेको छ । राज्यले आर्थिक विकासको प्राथमिकतामा राखेका ३३ वटा बहुमूल्य जडीबुटीमध्ये सतुवा पनि एक हो ।

स्वाइनफ्लुको औषधि बन्यो सतुवा Reviewed by a on 11:21 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.