Top Ad unit 728 × 90

a
Ad Inside Post

आर्यन घरकै मान्छे हुन्, दोश्रो मान्छेका कारण हाम्रो सम्बन्ध बिग्रियोः रेखा थापा

'कसले चोर्यो मेरो मन २'को पहिलो हकदार आर्यन नै
उमेर बढेसँगै नायिका रेखा थापामा पनि परिवर्तन आएको छ । ३० बर्षको उमेरमा लाग्दाको समयमा नै रेखाले आफूमा बालपन सकिएको बताएकी थिइन् । उनै रेखा अब आफूले कुनै समय दुश्मन मानेका कलाकारसँग चलचित्र खेल्न कुनै आपत्ती नहुने बताउन थालेकी छिन् ।

रेखाले इमेज टेलिभिजनको कार्यक्रम ‘पेज थ्री’सँग कुरा गर्दै आफूहरुकै गल्तीका कारण यो कलाकारसँग काम गर्छु र योसँग गर्दिन भन्ने चलन आएको बताइन् । रेखाले यसो गर्दा चलचित्र नगरिलाई घाटा भएको भन्दै अवुझ भएका कारण यस्तो गरिएको बताइन् । रेखाले भनिन्-‘ अब म ठूली भएँ, मैले वुझे कि दर्शक हिट जोडी हेर्न आतुर छन् । यस्तो परिपाठीको अब अन्त्य हुनुपर्छ ।’

हिजोका दिनमा जोसँग नङ मासुको सम्बन्ध थियो, समयको कारणले मनमा रीस, आवेग पलाएको भन्दै रेखाले अब यसलाई निरन्तर राख्न नहुने बताइन् । रेखाका अनुसार नायक आर्यन सिग्देलसँग उनको कुनै तुष छैन । रेखाले खुला दिलका साथ भनिन्-‘हामीलाई दोश्रो मानिसले बिगारेको हो । मेरो त आर्शिवाद सधै उमाथि छ । हामी अरुका कारण बच्चा जस्तो भयौं र काम गर्दिन भन्न थाल्यौं । अरुलाई फाइदा भएपनि उसलाई र मलाई भने घाटा भयो ।’

आफूहरुले अरुको कुरा सुन्नु नै गल्ती भएको रेखाको भनाई छ । अहिले पनि दर्शकले ‘कसले चोर्यो मेरो मन २’को प्रतिक्षा गरेको भन्दै रेखाले यो चलचित्रको सिक्वेल बनेको खण्डमा पहिलो हकदार आर्यन नै हुने बताइन् । आर्यन घर भित्रकै सदस्य भएको भन्दै रेखाले काम गर्ने संभावना रहेको खुलाइन् ।


आर्यनलाई चलचित्र ‘किस्मत’बाट डेब्यू गराउँदा आफ्ना आँखामा उसको चकलेटी अनुहार परेको भन्दै नम्बर १ नायिकाले आर्यनको मात्र नभएर कसैले कसैको स्थान खोस्न नसक्ने बताइन् । उनले आर्यनमा क्षमता भएको र उनलाई आफुहरुले स्थान मात्र दिएको स्पष्ट पारिन् । रेखाले भनिन्-‘हाम्रो धर्म भनेको अभिनय गर्ने हो । हामीले दर्शकलाई निराश बनाउन मिल्दैन । क्यामेराको अगाडि हामीले काम गर्नुपर्छ, भलै बोल्न मन नलागे क्यामेरा पछाडि नबोल्दा हुन्छ ।


चलचित्र ‘कसले चोर्यो मेरो मन’ पछि नायिका रेखा थापा र नायक आर्यन सिग्देलको सम्बन्ध पानी बाराबारको अवस्थामा छ । रेखा र आर्यन एकसाथ चलचित्र खेल्नु त परको कुरा, बोल्दा पनि बोल्दैनन् । यस्तो अवस्थामा रेखा थापाको यो भनाइले अब यी दुइविच बोलचाल हुने संभावना बढेको छ । हेरौ, यसलाई आर्यनले कसरी लिने हुन् ?


आर्यन घरकै मान्छे हुन्, दोश्रो मान्छेका कारण हाम्रो सम्बन्ध बिग्रियोः रेखा थापा Reviewed by a on 4:18 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.