Top Ad unit 728 × 90

a
Ad Inside Post

डोटी जिप दुर्घटना : पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापकको मृत्यु

धनगढी, गए राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापकसहित आठ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम

् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उहाँकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत हुनुहुन्थ्यो ।

लामो समयदेखि प्राध्यापन गर्दै आउनु भएका डा पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोक संस्कृतिको अनुसन्धानकर्ता रहनुभएको थियो । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उहाँले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गर्नुभएको उहाँका भाइ नन्दराजले बताउनुभयो ।

संस्कृति सहित दुई विषयमा विद्यावारिधि गर्नुभएका प्रा डा पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् ।
यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उहाँका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजको समेत मृत्यु भएको छ ।

आफ्नो जन्मथलो डोटीको जिजोडामाडाँैं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडाँैंतर्फ जाँदै गरेको अवस्थामा उहाँहरु सवार ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडाँैं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको समेत मृत्यु भएको छ ।
घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

उद्वारका लागि राति नै घटनास्थल पुग्नुभएका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको राससलाई बताउनुभयो ।

सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते हुनुभएको छ ।

घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस
फोटो -चन्द्र साउदको फेसबुक वाट

डोटी जिप दुर्घटना : पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापकको मृत्यु Reviewed by a on 1:36 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.