Top Ad unit 728 × 90

a
Ad Inside Post

डिप्रेसन जित्ने ६ उपाय

रुची बढाउनुस्

धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । कुनै काम गर्न जाँगर गर्दैनन् । प्रायः निस्क्रिय जस्तै हुन्छन् । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुशी प्रदान गर्छ । हरेक कुरामा रुची राख्दा सन्तुष्टि र आफ्नोे बारेमा राम्रो महशुस गर्न सहगोग गर्छ । यसले समस्या र नकरात्मक सोचबाट दिमागलाई टाढा भगाउछ । रुची बढाउने केही तरिका पनि छन् । जस्तै घरको सामान्य काममा व्यस्तहुने, बिरामी वा बुढो मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।

सकरात्मक हुनुुहोस्

डिप्रेसनमा नकरात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धी, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुशी मानिसहरुले पनि निराश हुने मानिसलेझै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर उनीहरुले सकरात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशको रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै आफ्ना सामाजिक जीवनलाई अझै बढी सुधार्छन् । पीडाको समयमा खुशीसाथ बाँच्नु एउटा साहसिक छनौट पनि हो ।

समस्या पहिचान गर्नुहोस्

समस्या पहिचान गर्नुहोस् । बढी उत्तेजित हुनबाट बच्न स–सना उपायको पहिचान गर्नुहोस् । एक पटकमा एउटा वा दुईटा सामान्य काम गर्नुहोस् । समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनुहोस् । जीवनमा किन पीडादायी वा नकरात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । त्यसको बारेमा के गर्न सकिन्छ, बिचार गर्नुपर्छ । समस्या निरन्तर बढिरहने मौका दिनुहँुदैन । आफूले नसके अरुको सहयोग लिनुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो, र काम लाग्ने हुनको कारण पत्ता लगाउन जरुरी छ । समास्या समाधानमा नकरात्मक सोचाई आउन दिनुपर्छ । सम्भावित सबै समस्याप्रति खुला दिमागले सोच्नुपर्छ ।
सकरात्मक सामाजिक जीवन सिर्जना गर्नुपर्छ । मानिसहहरुप्रति आत्मीयता प्रदर्शन गरेर सामाजिक छलफललाई अझै बढी सकरात्मक बनाउनुपर्छ । उनीहरुको कुरा रुचीपूर्वक सुन्नपर्छ । निराशजनक स्वभावको चासो नदेखाउन साथीहरुलाई अनुरोध गर्नुपर्छ । अरुलाई बिचरोको पात्र बनाउने अवसर दिनुहुँदैन ।

खराब स्वभाव रोक्नुहोस्

गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवतसाथीहरुले सहानूभूति र मायालु स्वभाव देखाउछन् । दुर्भाग्यबश यी मायालु जबाफले निराशजनक स्वभाव कायम गर्न सहयोग गर्छ । कोही साथी वा परिवारका सदस्यहरुले बेडमा पल्टिने वा सहयोगको याचना गर्नेलाई हेप्ने वा कुरा काट्ने गर्छन् । आफ्ना कमजोर सकभर अरुलाई सुनाउनुहँुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ यो होइन कि समस्या गुम्साएर राख्नु ।
कतिपय निराश मानिसहरुले वेपरबाह पैसा खर्च गर्ने बढी खाने, एडिक्टमा लाग्ने अथवा माया नै नगरी यौन कार्य गर्छन् । यीनलाई रोकौं ।

सकारात्मक हुुनुहोस्

आशा वा जीवनको प्राथमिकताबारे पुनः परीक्षण गर्नपर्छ । निराश मानिसहरुले आफूहरुले निश्चित विषयहरु जस्तै विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन । आफूभन्दा सानो मानिसलाई हेरेर चित्त बुझाउनुपर्छ । ठूलोलाई हेरेर प्रगति गर्नपर्छ । आफू पहिला सकरात्मक भए मात्र संसारै सकरात्मक हुन्छ । अप्ठ्यारा मानिसहरु सजिलै परिवर्तन हुँदैनन् ।

परिवर्तन हुनुहोस्

खास त खराब स्वभावले निराश बनाउने हो । नकरात्मक सोचलाई सकरात्मक सोचले विस्थापन गर्ने कामहरु हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसहरुलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मेरो मनले त्यसरी प्रतिक्रिया गर्ने होइन भनेर दिमागलाई परिवर्तन गर्नपर्छ । अर्को दिन पनि दिमागमा यस्तै समस्या आयो भने अरु मानिसहरुको दिमाग म जान्न सक्दिन भनेर बारम्बर मनन गर्नुपर्छ । जीवनका समस्या समाधान गर्न र नकरात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका राख्छ ।
डिप्रेसन जित्ने ६ उपाय Reviewed by a on 7:06 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.