मलद्वारमा लुकाएर लागु औषध ल्याउने पक्राउ
नेपालगन्जको जमुनाह नाका भएर लागु औषध ब्राउन सुगर ल्याउँदै गर्दा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलका अनुसार आइतबार दिउँसो ४ ग्राम ब्राउन सुगरसहित कैलाली टिकापुर–९ का २१ वर्षे अमुल सिंह पक्राउ परेका हुन् ।
सिंहले मलद्वारमा ब्राउनसुगर राखेर भारतको रुपैडियाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मलद्वारमा लुकाएर लागु औषध ल्याउने पक्राउ
Reviewed by a
on
7:11 AM
Rating:
Reviewed by a
on
7:11 AM
Rating:

No comments: