खल्तीको सामान दिएजस्तो दाहाललाई एमालेले प्रधानमन्त्री दिँदैन : पोखरेल
एमाले महासचिव इश्वर पोखरलेलले संसदमा बजेट पेश भएपछि सरकार परिवर्तन हुने र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले प्रधानमन्त्री बनाउने हल्ला निराधार भएको बताएका छन । उनले खल्तीको सामान दिएजस्तो प्रधानमन्त्री पद एमालेले दिन नसक्ने बताए ।
पोखरामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले केपी ओलीको विकल्प खोज्नु मूर्खता भएको दावी गरे । ‘सरकार परिवर्तन अब कसैले गर्न सक्दैन,’ उनले भने, ‘सरकार हटाउने पासो असफल भइसक्यो ।’
सरकार बदल्छुभन्दा कांग्रेस नराम्ररी भुईंमा पछारिएको बताए । उनले भुईमा पछारिँदा लागेको धुलो टकट्क्याएर कांग्रेसले एमालेसँग सहकार्य गरेर अगाडी बढनुको विकल्प नभएको दावी गरे ।
‘कसैले फेर्न खोज्दैमा केपी ओली नेतृत्वको सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘२०७४ माघ ७ गतेसम्म यही सरकार रहन्छ । यो अवधिमा प्रदेश, संसद र स्थानीय निकायको निर्वाचन गराउँछ ।’
Reviewed by a
on
4:21 AM
Rating:
No comments: