Top Ad unit 728 × 90

a
Ad Inside Post

बारपाकमा टोलटोलमा सडक

बारपाक–बारपाकका रामकुमार गुरुङलाई भूकम्पले भत्केको घर पुननिर्माण कसरी गर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो । सदरमुकामबाट १८ कोष टाढा पर्ने बारपाकसम्म सवारी साधन पुगे पनि गाउँगाउँमा गाडी चल्ने बाटो नहुँदा उनी निराश थिए ।
तर अहिले बारपाकका टोलटोलमा सडक पुगेको छ । 'अब घर बनाउन आगनमै निर्माण सामग्री झार्न पाइन्छ,' गुरुङले भने 'ट्र्याक्टर घरैमा पुग्छ ।' पहिले बारपाक बसपार्कसम्म गाडी पुगे पनि गाउँ गाउँमा लैजान मिल्दैनथ्यो । करिब १५ देखि ३० मिनेटको बाटोमा बोकानी ज्याला प्रतिकिलो पाँचदेखि ६ रुपैयाँ तिर्नुपथ्यो । अहिले ढुवानी भाडा पनि जोगिएको छ । घरघरमा गाडी पनि पुग्छ ।
भूकम्पले घर भत्काएको मौकामा स्थानीयले टोलटोलमा सडक पु¥याएका हुन् । भूकम्पअघि मान्छे हिँड्दा पनि कुम ठोक्किने बाटोमा अहिले सजिलै ट्र्याक्टर गुड्छ । स्थानीय जितबहादर घले भने, 'कोही बिरामी भयो भने बोकेर दौडनुपथ्र्याे, अहिले घरछेउमै एम्बुलेन्स पु¥याउन पनि सजिलो भएको छ ।'
विश्व खाद्य कार्यक्रमको कामका लागि खाद्यान्न कार्यक्रमअन्र्तगत बारपाकीले ४० दिनसम्म काम गरेर बाटो खनेका हुन् । काम गरेबापत उनीहरूले दाल र चामल पाए भने टोलटोलमा बाटो पनि पु¥याए । गाउँगाउँमा सडक पुगेपछि उनीहरू दंग छन् ।
गाविस सचिव चेतप्रसाद अम्गाईं भन्छन्, 'गुजुमुज्ज बस्ती, एम्बुलेन्स आउजाउ गर्न पनि गाह«ो थियो, अहिले घर भत्किएका बेला सबैलाई सम्झाएर सडक बिस्तार गरेका हौं ।' पहिले बारपाक गाउँसम्म पुग्ने मात्रै सडक थियो । १२ सय धुरीको एकै बस्ती रहेको बारपाकमा गाउँभित्र भने गोरेटो बाटो मात्रै भएकाले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत निकै समस्या हुन्थ्यो । अहिले सडक खोलेपछि घर घरमै ढुवानी गर्न सहज भएको छ ।
सरकारी अनुदान पाइएला र बर्खाअघि नै भूकम्प प्रतिरोधी घर बनाउँला भनेर बसेका बारपाकका पीडित अहिलेसम्म अनुदान नपाउँदा जिल्लिएका छन् । भूकम्पको केन्द्रबिन्दु बारपाकमा धेरै जनधनको क्षति भयो । सिंगो गाउँ नै ध्वस्त भयो ।

बारपाकमा टोलटोलमा सडक Reviewed by a on 7:26 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.