Top Ad unit 728 × 90

a
Ad Inside Post

फोर्ब्सको सूचीमा पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

वासिङ्टन डिसी : विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरा सहरलाई विश्वकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ।
फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो।
विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताए।
'अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ', खरेलले भने, 'यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो।'
उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ। योसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोर्ब्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ। रासस

फोर्ब्सको सूचीमा पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य Reviewed by a on 9:37 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.