चुरे जंगलमा सिकारी र बन रक्षकबीच गोली हानाहान
एक सिकारी पक्राउ, रतुवा र बँदेलसहित ३ थान बन्दुक बरामद
३० जेठ, नवलपरासी । नवलपरासी जिल्लाको नयाँ बेलहानी गाविसअन्तर्गत चुरे बन क्षेत्रमा बन रक्षक र सिकारीबीच दोहोरो भिडन्त भएको छ ।
वन रक्षकको टोलीले १ जना सिकारीलाई पक्राउ गरेको छ भने उनको साथबाट ३ थान भरुवा बन्दुक तथा सिकारीहरुले मारेको रतुवा र बँदेल बरामद गरेको छ ।
राष्ट्रिय बन क्षेत्रमा सिकारीहरु गएको सुराकी पाएपछि सहायक बन अधिकृत रबिन्द्रकुमार जीसीको नेतृत्वमा २१ जनाको टोली सिकारी पक्राउ गर्न परिचालन भएको थियो । सो क्रममा दोहोरो गोली हानाहान भएको थियो ।
भिडन्तमा १० जना सिकारीले ४ राउन्ड गोली प्रहार गरेपछि, जवाफी कारबाहीमा बन रक्षकहरुको टोलीले ५ राउन्ड फायर गरेका थिए ।
एक जना पक्राउ परे पनि अन्य ९ जना सिकारीको खोजी जारी रहेको सेक्टर बन कार्यालय अरुणखोलाका प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । अनलाइनखबरबाट
No comments: